‘पुष्पा २’ लाई छुट्याइएको ४ सय करोड  « Khabarhub

‘पुष्पा २’ लाई छुट्याइएको ४ सय करोड 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुष्पाको सफलताले अल्लु अर्जुन र उनको टिम निकै उत्साहित छ । फिल्मले गरेको व्यापारले गर्दा नै पछिल्लो समय साउथ इन्डियामा बन्ने प्राय फिल्महरू हिन्दी भाषामा पनि एकसाथ रिलिज हुने गरेको छ ।

साउथ इन्डियामा रिलिज भएको फिल्महरू केही समयपछि हिन्दीमा डबिङ गरेर युट्युबमा आउने शैलीलाई ‘पुष्पा’ ले ब्रेक गर्‍यो। यो फिल्मले गरेको विजनेसले साउथ इन्डियन फिल्मलाई नर्थमा रहेको मार्केटको राम्रो सम्भावना देखायो । फलतः साउथका फिल्महरू हिन्दीमा हलमा एकसाथ मात्र प्रदर्शनमा आएनन्, त्यसपछि ओटीटीमा आउन थाले । त्यसैले गर्दा पनि यसको सिक्वेल के कस्तो बन्छ ? र कस्तो व्यापार गर्ला ? भन्ने कौतुहलता आम दर्शकसँगै फिल्मकर्मीलाई पनि छ । 

यसैले गर्दा अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्मको सिक्वेल ‘पुष्पा’ : द रुल’ लाई लिएर निर्देशक सुकुमार निकै चनाखो छन् । उनी पहिलो भागले बनाएको मार्केट बढोस् भन्ने चाहन्छन् । यसैले गर्दा उनले फिल्मको मेकिङ पनि बढाउन लागेका छन् । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ । सिक्वेलको बजेट ४ सय करोडसम्म पुग्ने भारतीय माध्यमले उल्लेख गरेका छन् । ‘पुष्पा : द राइज’ १ सय ९५ करोडमा निर्माण भएकोको कारण पनि सिक्वेल झनै सशक्त बनाउने दायित्व निर्देशक सुकुमारलाई छ ।

२०२३ को जनवरीबाट छायांकन सुरु गरिने भनिएको फिल्मको प्रि-प्रोडक्सन अन्तर्गत स्क्रिप्ट र सेटको काम भइरहेको छ । ईस्ट गोदावरीको मारेदुमिली जंगलमै छायाकारको तयारी भइरहेको फिल्म सन् २०२४ मा रिलिज हुन् सक्नेछ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ४९ बजे

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक

काठमाडौं–१ को मतगणना सुरु हुँदै

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब