क्यामरुनमा १९ प्यालेस्टाइनी कामदार अपहरित « Khabarhub

क्यामरुनमा १९ प्यालेस्टाइनी कामदार अपहरित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक क्यामरुनमा प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् ।

क्यामरुनको सुरक्षा निकायले दिएको जानकारी अनुसार मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् ।

क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण पश्चिमी क्षेत्र इडेनेउमा सो कम्पनीमा कार्यरत उनीहरु अपहरणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

एकजना सरकारी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ती अधिकारीले मंगलबार सो क्षेत्रमा केही बन्दुकधारी आएका र कम्तीमा पनि १९ जना प्यालेस्टाइनी कामदारलाई अपहरण गरेर लगेका छन् ।

उनीहरुलाई कसले र किन अपहरण गरी लगेका हुने भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ३८ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्