‘पञ्चायत’ को दोस्रो सिजन ओटीटीमा « Khabarhub

‘पञ्चायत’ को दोस्रो सिजन ओटीटीमा


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जितेन्द्र कुमार अभिनीत सिरिज ‘पञ्चायत’ ले राम्रो चर्चा पायो । २०२० को चर्चित सामाजिक हास्यव्यंग्य विधाको यो सिरिज अमेजोन प्राइममार्फत प्रदर्शनमा आएको थियो ।

गाउँको ‘पञ्चायत’ मा जागिर खान पुगेका एक शिक्षित युवाको कथा मार्फत यसमा सामाजिक व्यंग गरिएको छ । इन्जिनियरिङ गरेको अभिषेक सरकारी भएर फुलेराको पञ्चायत कार्यालयमा गएपछिको स्थिति मार्फत सिरिजमा सामाजिक व्यंग देखाएको छ।

सिरिजमा जितेन्द्रले गाउँमा विकास गर्न खोज्दा झेल्ने समस्यालाई प्रस्तुत गरिएको छ । यसको सिक्वेल ‘पञ्चायत २’ मे २० बाट अमेजोन प्राइममा स्ट्रिमिङ हुने भनिएता पनि दुई दिन अगावै मे १८ बाट नै स्ट्रिमिङ भएको छ । मे २० मा ठुला फिल्महरु ओटीटीमा आउने भएपछि सिरिजलाई केही अगाडि नै ल्याइएको हो ।

दीपक कुमार मिश्रको निर्देशनमा रहेको यो सिरिज सामाजिक कथावस्तुमा आधारित रहेर व्यंग्यात्मक शैलीमा कथा भनिएको छ । सिरिजको दोस्रो सिजनमा पनि अभिषेक, मञ्जुदेवी र प्रधानपतिबीचको ‘केमिस्ट्री’ प्रस्तुत गरिएको निर्देशक मिश्रले बताएका छन्।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ०३ बजे

अरुण तेस्रो जलविद्युत् आयोजना : तलब नपाएपछि काम ठप्प पारेर आन्दोलनमा मजदुर

किमाथांका– सङ्खुवासभामा निर्माणधीन नौ सय  मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्

बिरामी सेवामा गुणस्तर बढाउन वीर अस्पतालका १४ निर्णय : हाजिरीदेखि पोसाकसम्ममा कडाइ 

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाह

नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी

क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

एजेन्सी– रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्बिरहरू)

काठमाडौं– चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा