मकवानपुरको आठ पालिकामध्ये ६ मा गठबन्धन विजयी « Khabarhub

मकवानपुरको आठ पालिकामध्ये ६ मा गठबन्धन विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- मकवानपुर जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० वटा पालिका रहेको जिल्लामा ८ वटा पालिकको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । ८ वटा पालिका मध्ये ६ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बाँकी रहेको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ । मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट ९७१९ मतसहित विजयी भएका हुन् भने उपमेयरमा कांग्रेसका भरत गोपाली ८६०७ मतसहित विजयी भएका हुन् ।

त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती ९३६६ मत र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर ६४७० मत पाएर विजयी भएका हुन् ।

बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने ११२९२ मत पाएर विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका भक्त बहादुर खत्री ९५२२ मत पाएर विजयी भएका छन् । त्यस्तै मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान ६७०६ मत सहित विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन ६११० मतले विजयी भएका हुन् ।

यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान ४८९७ मत पाएर विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल ४०८८ मत पाएर विजयी भएका हुन् । राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल ५४८१ विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्थम थिङ ४८३९ मत पाएर विजयी भएका हुन् ।

त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी ३७२२ मत पाएर विजयी हुँदा उपाध्यक्षमा उमा कुमारी लामा ३७२५ विजयी भएका हुन् । भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा ५५९१ मत पाएर विजयी हुँदा उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ ५३१५ पाएर विजयी भएका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : २९ बजे

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको