मकवानपुरको आठ पालिकामध्ये ६ मा गठबन्धन विजयी « Khabarhub

मकवानपुरको आठ पालिकामध्ये ६ मा गठबन्धन विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- मकवानपुर जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० वटा पालिका रहेको जिल्लामा ८ वटा पालिकको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । ८ वटा पालिका मध्ये ६ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बाँकी रहेको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ । मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट ९७१९ मतसहित विजयी भएका हुन् भने उपमेयरमा कांग्रेसका भरत गोपाली ८६०७ मतसहित विजयी भएका हुन् ।

त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती ९३६६ मत र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर ६४७० मत पाएर विजयी भएका हुन् ।

बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने ११२९२ मत पाएर विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका भक्त बहादुर खत्री ९५२२ मत पाएर विजयी भएका छन् । त्यस्तै मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान ६७०६ मत सहित विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन ६११० मतले विजयी भएका हुन् ।

यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान ४८९७ मत पाएर विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल ४०८८ मत पाएर विजयी भएका हुन् । राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल ५४८१ विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्थम थिङ ४८३९ मत पाएर विजयी भएका हुन् ।

त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी ३७२२ मत पाएर विजयी हुँदा उपाध्यक्षमा उमा कुमारी लामा ३७२५ विजयी भएका हुन् । भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा ५५९१ मत पाएर विजयी हुँदा उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ ५३१५ पाएर विजयी भएका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : २९ बजे

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि