खेलकुद केन्द्रित फिल्म | Khabarhub Khabarhub

खेलकुद केन्द्रित फिल्म


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय हक्कीको स्वर्णिम युग समाप्त भएको धेरै भइसकेको थियो। कुनै समय संसारमा तहल्का मच्चाउने हक्की टोली सामान्य लाग्न थालेको थियो। त्यसो त सन् १९८३ मा वेस्ट इन्डिजलाई हराउँदै विश्व च्याम्पियन भएको भारतमा क्रिकेटको लोकप्रियताले अन्य सबै खेललाई छायामा पारेको थियो।

विश्वनाथन आनन्दको विश्व विजयी यात्रा र स्टारडम ओरालो लाग्दो अवस्थामा थियो। त्यसो त भारतीय समाजमा क्रिकेट र फिल्मको त्यत्तिकै प्रभाव छ।

यसैबीच सन् २००७ मा एस राज चोपराले एउटा साहस गरेका थिए। खेलमा आधारित ‘चक दे इन्डिया’को निर्माण एउटा जोखिम नै थियो। क्रिकेटको प्रभाव रहेको त्यसै वर्ष हक्की खेलमा आधारित यो चलचित्रले भारतमा सनसनी नै फैलाएको थियो।

कुनै समय हक्कीका लागि स्वर्णिम भूमि मानिने भारतका लागि सन् २००२ मा कमनवेल्थको महिला टोलीले प्राप्त गरेको सफलता नै गर्वको विषय बनेको थियो।

कुनै समय हक्कीका लागि स्वर्णिम भूमि मानिने भारतका लागि सन् २००२ मा कमनवेल्थको महिला टोलीले प्राप्त गरेको सफलता नै गर्वको विषय बनेको थियो। यसबाट प्रभावित जयदिप सहनीले लेखेको यस फिल्म सहमित अमिनले निर्देशन गरेका थिए भने आदित्य चोपराले निर्माण गरेका थिए।

पाकिस्तानसँगको पराजयका कारण विक्षिप्त भएका पुरुष हक्की टोलीका कप्तानले महिला टोलीलाई प्रशिक्षण दिँदै सफलता दिलाएका थिए। फिल्मको मुख्य कलाकार शाहरुख खान थिए। यसै गरी, विद्या, मलवाडे, शिल्पा शुक्ला, सागरिका घत्जे र चीतर्सी रावत लगायतको मुख्य भूमिका थियो। फिल्ममा प्रस्तुत गरिएका प्रशिक्षक तथा मूल पात्र कबिर खानको अनुहार हक्की खेलाडी रञ्जन नेगीसँग मिल्दोजुल्दो भएको जनाइन्छ।

१० अगस्ट २००७ मा भारतको स्वतन्त्रता दिवसकै दिन यो फिल्म रिलिज भएको थियो। कमर्सीयल रूपमा मात्र यो फिल्म सफल भएन अनेकौ अवार्डमा पनि अन्य फिल्मलाई पछाडि पार्न सफल भयो। यो फिल्मको टाइटल गीत त भारतीय खेल क्षेत्रको राष्ट्रिय गान जस्तै स्थापित हुन पुग्यो। त्योक्रम अहिले पनि छ। पूर्वहक्की खेलाडी अस्लाम सेर खानले त यो फिल्म सम्पूर्ण खेलाडीका लागि प्रेरणाको श्रोत भएको बताए।

आशुतोष ग्वारिकरको ‘लगन’ अर्को त्यत्तिकै सनसनीपूर्ण मात्र होइन व्यापारमा समेत सफलता पाएको फिल्म थियो। यो फिल्मको कथा र स्क्रिन प्ले पनि उनकै हो। अमिर खानले निर्माण गरेको फिल्ममा मुख्य भूमिका पनि उनकै छ। यो फिल्ममार्फत डेब्यु गरेकी ग्रेसी सिंहलाई लगनले आम भारतीयका माझ राम्रैसँग स्थापित गरेको थियो।

बेलायती कलाकार राचेल सेली र पाउल ब्ल्याक होमको भूमिका रहेको फिल्म २००१ मा तयार भयो । भारतमा बेलायती साम्राज्य रहकै समयमा ग्रामीण भेगका मानिसले खडेरीमा कर तिर्न गरेको सङ्घर्ष तथा क्रिकेट खेलको लगाब देखाइएको छ ।

बेलायती कलाकार राचेल सेली र पाउल ब्ल्याक होमको भूमिका रहेको फिल्म २००१ मा तयार भएको हो। भारतमा बेलायती साम्राज्य रहकै समयमा त्यहाँका ग्रामीण भेगका मानिसले खडेरीको समयमा कर तिर्न गरेको सङ्घर्ष तथा क्रिकेट खेलमा लगावको बारे उल्लेख गरिएको छ। त्यसो त यो फिल्म चक दे इन्डिया जस्तो पूर्ण रूपमा खेल चलचित्रको छनक दिने खालको भने छैन।

लगनलाई १९५७ को स्पोर्ट्स ड्रामा नयाँ धारबाट प्रेरित भए जस्तै मानिन्छ। अवधि भाषा मूल रहेको यस चलचित्रमा पछिल्लो पुस्ता र भारत र नेपालीका लागि सहज हुने गरी हिन्दी भाषामा डबिङ गरिएको छ। कमर्सीयल रूपमा अत्यन्त सफल यो चलचित्र एकेडेमी अवार्डमा समेत उत्कृष्ट विदेशी चलचित्रको मनोनयनमा परेको थियो।

यसको १५ वर्षपछि सन् २०१६ मा अमिर खान यसै किसिमको अर्को चलचित्र दङ्गलको निर्माण गर्नपुगे। यो बायोग्राफीकल स्पोर्ट्स ड्रामा फिल्मको निर्देशन नितेस तिवारीले गरेका थिए।

चलचित्रमा अमिर खानले एमच्योर महावीर सिंह फोगतको भूमिकामा अभिनय गरेका छन्। महावीरका दुई छोरी गीता फोगत र बबीता कुमारी विश्व स्तरीय कुश्तीवाज बनेका थिए। गीता र बबीताको वयस्क उमेरको भूमिकामा फतीमा खाना सेख र सान्या मलहोत्राले अभिनय गरेका थिए। उनीहरूको बाल्यकालको भूमिकामा जैरा असिम र सुहानी भाटनगरले अभिनय गरेका थिए।

मिल्खा सिंहको जीवनमा आधारित चलचित्र ‘भाग मिल्खा भाग’ अर्को उत्कृष्ट चलचित्रको कोटीमा रहेको छ।

सन् २०१३ मा तिवारीले यो फिल्म लेख्न सुरु गरेका थिए। सन् २०१४ मा खानले आफ्नो कार्यक्रम सत्यमेव जायतेमा यी दुईसँग वार्तालाप गरेपछि कथा र पटकथाको काम पनि टुङ्ग्याइएको थियो। २३ डिसेम्बर २०२३ मा दङ्गल विश्वव्यापी रूपमा रिलिज भएको थियो।
५० को दशकमा भारतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सनसनीपूर्ण धावक मिल्खा सिंहको गत वर्ष निधन भइसकेको छ। मिल्खाको समाचार भारतका लागि विस्मयकारी थियो। मिल्खाको युग भारतीय एथलेटिक्सकै एउटा स्वर्णिम समयसमेत मानिएको थियो।

कठोर बाल्यकाल बिताएका मिल्खाको जीवनको दौडको सुरुवात भने पुरस्कार जित्न नभएर ज्यान जोगाउनका लागि भएको थियो। तीनै मिल्खा सिंहको जीवनमा आधारित चलचित्र ‘भाग मिल्खा भाग’ अर्को उत्कृष्ट चलचित्रको कोटीमा रहेको छ।

प्रसून जोशीको स्क्रिप्टमा रोकेयुस ओम प्रकाश मेहराले निर्देशन गरेको यो फिल्म सन् २०१३ मा रिलिज भएको हो। मिल्खा खेल जीवनमा कमनवेल्थ खेलका स्वर्ण विजेता हुनुका साथै दुई पटकका एसियाली खेलकुदमा स्वर्ण विजेता थिए।

मिल्खा सिंहको मुख्य भूमिकामा फराहा अख्तरको अभिनय रहेको छ। यसैगरी, अन्य कालाकारमा सोनम कपुर, दिव्या दत्त, मिसा सफी, पभन मलहोत्रा, योगराज सिंह र आर्ट मलिकलगायत छन्। यसको खेलको पाटोको निर्देशन सहयोगी रिल स्पोर्ट्सका अमेरिकी एक्सन निर्देशक रब मिलरले गरेका थिए।

१२ जुलाई सन् २०१३ मा रिलिज भएको यो चलचित्रलाई समीक्षकले राम्रो कोटीको फिल्ममा राखे पनि बक्स अफिसमा सुपर हिट चलचित्रको रूपमा आफूलाई स्थापित गर्न सफल भयो भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसलाई हिट फिल्म मानियो। बलिउडमा निर्माण भएका मध्य संसार भरमा धेरै कमाइ गर्ने फिल्मको सूचीमा यो चलचित्र छैटौँ स्थानमा रहेको थियो।

धेरै जसो फिल्म स्टार खेलाडीको जीवनीमा आधारित छन्। ती सबैको उत्तिकै चर्चा र सफलता पाएका छन्।

सन् १९६० को रोम ओलम्पिकमा मिल्खाले चौथो स्थान पाएका थिए। यो समयमा उनको स्मरण बाल्यकालतर्फ लम्किएको थियो। सन् १९४७ मा भारत साम्प्रदायिक कारणले समस्यामा परेको समयमा नै मिल्खाको बाल्यकाल बितेको थियो। भारत विभाजन भएको समयमा पन्जाबमा उनका अभिभावक मारिएका थिए। मिल्खा भने मुस्किलले भागेर बाँचेका थिए।

बक्सिङ खेलमा राजनीति हाबी भएका कारण एक जना मुक्केबाजले खेल जीवन त्यागेको घटनामा आधारित भएर साला खडुस निर्माण भएको हो। सन् २०१६ मा तयार भएको यो फिल्मको निर्देशन सुधा कंगाराले गरेका हुन्। फिल्ममा माधवन, नसार, राधा रबी र काली बैंकटको मुख्य भूमिका छ।

यसैगरी, बक्सिङ स्टार मेरीकोमको जीवनमा आधारित भएर सन् २०१४ मा ‘मेरिकोम’ नै तयार भएको थियो। भारतीय क्रिकेटका मिथक पुरुष र एवं धेरैका आदर्श पात्र महेन्द्र सिंह धोनीको नाममा अर्को फिल्म बनेको छ। सो फिल्मका एउटा टिकट काउन्टरको केटो कसरी देशको सबै भन्दा आदर्श क्रिकेट खेलाडी बन्न सक्छ भन्ने देखाइएको छ।

बक्सिङ स्टार मेरीकोमको जीवनमा आधारित भएर सन् २०१४ मा ‘मेरिकोम’ नै तयार भएको थियो।

सायद यी नै भारतीय चलचित्रमा सफल भएका र धेरै चर्चामा रहेका स्पोर्ट्स फिल्म हुन्। त्यसो त जो जिता उही सिकन्दर, ब्रलर इक्बाल, ८३ लगायत चलचित्र पनि भारतमा उत्कृष्ट मानिएका छन्। ८३ भारतले वेस्ट इन्डिजलाई हराउँदै क्रिकेटको विश्व विजेता बनेको विषयमा केन्द्रित रहेको बनेको फिल्म हो। पवन सिंह तोमर, हावा हवाइ, कोइ पिछे, बुद्धीया सिंह, सुल्तान, रस्मी रकेब, माइ ब्रदर निखिल लगायत अनेकन् चलचित्र खेलकुदमा केन्द्रित भएर बने।

धेरै जसो फिल्म स्टार खेलाडीको जीवनीमा आधारित छन्। ती सबैको उत्तिकै चर्चा र सफलता पाएका छन्। यसमा अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा बढी सफलता पाउने दङ्गल रहेको थियो भने टाइटल गीतकै कारण चकडे इन्डिया भारतमा सधैँ छाइरहने छ। स्रोत : आइएमबीडी, बीबीसी, स्पोर्ट्स स्टार

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ०६ बजे

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल