प्रदीप ज्ञवालीको प्रश्न : ‘महाअभियोग समितिलाई काम गर्न किन दिइएन’ « Khabarhub

प्रदीप ज्ञवालीको प्रश्न : ‘महाअभियोग समितिलाई काम गर्न किन दिइएन’


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले महाअभियोग समितिलाई काम गर्न नदिएको भन्दै प्रश्न उठाएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाएर त्यसपछि कुनै काम कारबाही अघि नबढाएपछि ज्ञवालीले अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाएका छौँ,’ ज्ञवालीले बैठकमा भने, ‘छानबिन समितिलाई काम गर्न नदिएर महाभियोग लगाएका छौँ, यसरी कसैको तुष आत्मसन्तुष्टि होला, तर प्रणाली भने बलियो हुन्न ।’

प्रधानन्यायाधीश राणामाथिको महाअभियोगका बारेमा प्रतिनिधिसभा बैठकले छानबिन समिति बनाउन निर्देशन दिए पनि सो समितिको बैठक त परै जाओस् समितिको संयोजक पनि तोकिएको छैन ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गत १ फागुनमा ‘अचानक’ प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाएपछि प्रतिनिधिसभा बैठकले २३ फागुनमा संसदीय छानबिन समिति बनाएको थियो । तर, प्रतिनिधिसभाले सो समितिलाई अझै पनि औपचारिक रूपमा छानबिन गर्न आदेश नदिएपछि ज्ञवालीले संसदीय समितिको बैठकमा त्यो प्रश्न उठाएका हुन् ।

पाँच महिनासम्म महाअभियोग प्रस्ताव संसदमा अलपत्र छ । यसबारे सत्तारुढ दलले केही धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ५१ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको