जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ  « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी (पूर्व) र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी(पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने फन बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ४२ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष