भारतको आसाम र मेघालयमा बाढीका कारण ३२ जनाको मृत्यु « Khabarhub

भारतको आसाम र मेघालयमा बाढीका कारण ३२ जनाको मृत्यु


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका उत्तरपूर्वी राज्यहरु आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर ३२ जनाको ज्यान गएको छ ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । आसामका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ ।

त्यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ४३ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी