पूजा भन्छिन्,’आकाशसँग सम्बन्ध बिग्रिँदा घाटा लाग्छ’ « Khabarhub

पूजा भन्छिन्,’आकाशसँग सम्बन्ध बिग्रिँदा घाटा लाग्छ’


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायिका पूजा शर्माले आफू र आकाश श्रेष्ठेसँगै काम नगर्दा घाटा लाग्ने बताएकी छिन् । प्रदर्शनको क्रममा रहेको फिल्म ‘सम्झना बिर्सना’ को पत्रकार सम्मेलनमा बोल्दै पूजाले आफूहरू रिसाउँदा घाटा हुने बताएकी छिन् । ‘हामी रिसाउँदा हामीलाई नै घाटा छ । हामीलाई सँगै काम गराउने मेकर्सहरु तयार छन् । अब हामी एक अर्कासँग रिसाउनु हुँदैन’ पूजाले भनिन् ।

उनले केही दिन अगाडी आएको समाचारको विषयमा पनि बोल्दै त्यस्तो नरहेको बताइन । ‘हामी त्यो समयमा नृत्यको कारण थकित भएर टाढा बढेका थियौँ । त्यस भन्दा अगाडी क्लबको दृश्यमा हामी सोफामा गफ्फीएको कसैले देख्नु भएन’ उनले भनिन् । उनले आफ्नो र आकाशको सम्बन्धमा रहेको आत्मीयता सहजै नछुट्ने समेत बताइन ।

‘हामी टाढा भए पनि , नबोले पनि रहेको आत्मीयता कम हुँदैन’ पूजाले भनिन् । आकाशले पनि आफू र पूजाबिचको सम्बन्ध नबिग्रिएको जवाफ फर्काए । बरु, उनले पूजा र आकाशको जोडीलाई दर्शकले मन पराएकाले अलग हुनै नसक्ने तर्क गरे । आफूहरू एक रथका दुई पाङ्ग्रा भएको उनको भनाई थियो । मिडियामा सम्बन्ध हार्दिक रहेको सङ्केत गरिएता पनि त्यस्तो नरहेको उनीहरू नजिकका व्यक्ति बत्ताउँछन् । यद्यपि व्यावसायिकताको लागि यी दुईले सम्बन्ध सुधार्न सक्ने ती व्यक्तिले बताए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ०२ बजे

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित