पूजा भन्छिन्,'आकाशसँग सम्बन्ध बिग्रिँदा घाटा लाग्छ' | Khabarhub Khabarhub

पूजा भन्छिन्,’आकाशसँग सम्बन्ध बिग्रिँदा घाटा लाग्छ’


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायिका पूजा शर्माले आफू र आकाश श्रेष्ठेसँगै काम नगर्दा घाटा लाग्ने बताएकी छिन् । प्रदर्शनको क्रममा रहेको फिल्म ‘सम्झना बिर्सना’ को पत्रकार सम्मेलनमा बोल्दै पूजाले आफूहरू रिसाउँदा घाटा हुने बताएकी छिन् । ‘हामी रिसाउँदा हामीलाई नै घाटा छ । हामीलाई सँगै काम गराउने मेकर्सहरु तयार छन् । अब हामी एक अर्कासँग रिसाउनु हुँदैन’ पूजाले भनिन् ।

उनले केही दिन अगाडी आएको समाचारको विषयमा पनि बोल्दै त्यस्तो नरहेको बताइन । ‘हामी त्यो समयमा नृत्यको कारण थकित भएर टाढा बढेका थियौँ । त्यस भन्दा अगाडी क्लबको दृश्यमा हामी सोफामा गफ्फीएको कसैले देख्नु भएन’ उनले भनिन् । उनले आफ्नो र आकाशको सम्बन्धमा रहेको आत्मीयता सहजै नछुट्ने समेत बताइन ।

‘हामी टाढा भए पनि , नबोले पनि रहेको आत्मीयता कम हुँदैन’ पूजाले भनिन् । आकाशले पनि आफू र पूजाबिचको सम्बन्ध नबिग्रिएको जवाफ फर्काए । बरु, उनले पूजा र आकाशको जोडीलाई दर्शकले मन पराएकाले अलग हुनै नसक्ने तर्क गरे । आफूहरू एक रथका दुई पाङ्ग्रा भएको उनको भनाई थियो । मिडियामा सम्बन्ध हार्दिक रहेको सङ्केत गरिएता पनि त्यस्तो नरहेको उनीहरू नजिकका व्यक्ति बत्ताउँछन् । यद्यपि व्यावसायिकताको लागि यी दुईले सम्बन्ध सुधार्न सक्ने ती व्यक्तिले बताए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ०२ बजे

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी

करेन्ट लागेर एक जनाको मृत्यु

भीमफेदी – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको