यसै साता सुदूरपश्चिममा मनसुन भित्रिन्छ : मौसमविद् « Khabarhub

यसै साता सुदूरपश्चिममा मनसुन भित्रिन्छ : मौसमविद्

पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभावले वर्षा, तराईमा वर्षाको सम्भावना न्यून


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पूर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केही दिन लाग्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । मनसुन कहिले छिटो सर्ने र कहिले एउटै ठाउँमा रोकिरहने हुँदा सुदूरपश्चिममा कहिलेसम्म मनसुनी बायु सक्रिय हुन्छ भन्ने बारेमा भन्न नसकिने उनले बताए । तर, यसै साताभित्रै सुदूरपश्चिममा मनसुनी वायु भित्रिने उनको अनुमान छ ।

‘मनसुनी वायु गण्डकी प्रदेशसम्म पुगे पनि सुदूरपश्चिममा पुग्न भने अझै केही दिन लाग्ने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘छिनछिनमा मनसुनको गति परिवर्तन हुने हुँदा ठ्याक्कै दिन तोक्न भने सकिँदैन, तर यसै साताभित्र सुदूरपश्चिममा वर्षा हुनेछ ।’ उनले यसै हप्ताको मंगलबार देखि बिहीबार सम्म सुदूरपश्चिममा मनसुनी वायु भित्रिने अनुमान गरिएको बताए ।

सुदूरपश्चिममा मनसुनी वायु नभित्रिए पनि पहाडी क्षेत्रमा वर्षा र तराईमा केही दिन बदली हुने मौसम पूर्वानुमान छ । कैलालीमा बिहीबारदेखि नै बदली रहेको र सोमबार पनि बदली हुने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए ।

सुदूरपश्चिममा पश्चिमी वायु सक्रिय रहेका कारण प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा आंशिकदेखि पूर्ण बदली हुने सम्भावना रहेको उनले बताए । ‘पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना छ,’ उनले भने, ‘तराईमा वर्षाको सम्भावना न्यून छ, केही दिन आंशिकदेखि पूर्ण बदली हुने देखिन्छ, जसका कारण तापक्रम स्थिर रहन सक्छ ।’

सुरु नै भएन रोपाई
सुदूरपश्चिममा समयमै वर्षा नहुँदा यस वर्ष धान रोपाई हुन सकेको छैन । सुदूरपश्चिममा अन्नको भण्डार मानिने कैलाली कञ्चनपुरमा सिँचाइ सुविधा नहुँदा आकासे पानीको भरमा रोपाई सुरु गर्नुपर्ने अवस्था छ ।

कैलालीमा ६० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छैन । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिँदै आएको छ । कञ्चनपुरमा करिब ४७ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिन्छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : ४१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार