तालिबानको शासनअघि समाचार प्रस्तोता, तालिबानको शासनमा सडक व्यापारी « Khabarhub

तालिबानको शासनअघि समाचार प्रस्तोता, तालिबानको शासनमा सडक व्यापारी


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानले धेरै आर्थिक र राजनीतिक उथलपुथलको सामना गरेको छ । तत्कालीन हमिद कारजाई सरकारमा काम गरेका कबिर हकमलको हालैको ट्विटर पोस्टले देशका कति प्रतिभाशाली पेसेवरहरू गरिबीमा धकेलिएका छन् भन्ने देखाउँछ ।

हकमलले अफगान पत्रकार मुसा मोहम्मदीको फोटो ट्वीटरमा सेयर गरेका छन् । हकमलले मोहम्मदी वर्षौंदेखि सञ्चार माध्यममा आवद्ध रहेको तर, अफगानिस्तानको दयनीय आर्थिक अवस्थाबीच आफ्ना आवश्यकता पूरा गर्न अहिले सडकमा खाद्यान्न बेच्दै आएको जनाएका छन् ।

‘मुसा मोहम्मदीले विभिन्न टिभि च्यानलहरूमा एङ्कर र रिपोर्टरको रूपमा वर्षौंसम्म काम गरे । अहिले आफ्नो परिवारलाई खुवाउने कुनै आम्दानी छैन । केही पैसा कमाउन स्ट्रीट फूड बेच्छन् । गणतन्त्रको पतनपछि अफगानीले अस्वभाविक गरिबी भोग्नुपरेको छ । ’

मोहम्मदीको कथा इन्टरनेटमा अहिले भाइरल भइरहेको छ । यसले राष्ट्रिय रेडियो र टेलिभिजनका महानिर्देशक अहमदउल्लाह वासिकको समेत ध्यान खिचेको छ । एउटा ट्वीटमा वासिकले पूर्व टीभी एन्कर र रिपोर्टरलाई आफ्नो विभागमा नियुक्त गर्ने बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘निजी टेलिभिजन स्टेसनका प्रवक्ता मुसा मोहम्मदीको बेरोजगारी सामाजिक सञ्जालमा बढ्दै छ । वास्तवमा, राष्ट्रिय रेडियो र टेलिभिजनको निर्देशकको रूपमा म उहाँलाई भन्छु कि हामी काम गरौं ।  राष्ट्रिय रेडियो र टेलिभिजनको ढाँचामालाई उहाँलाई नियुक्त गर्नुहोस् । हामीलाई सबै अफगान प्रोफेसनल चाहिन्छ ।’

यसैबीच, अगस्टमा तालिबानको सत्तापलट पछि अफगानिस्तानमा मानवीय तथा आर्थिक संकट निम्तिएको छ । उनीहरुले विभिन्न सञ्चार माध्यममा धरपकड गरेका छन् । तालिबानका कारण अधिकांश महिला सञ्चारकर्मीले रोजगारी गुमाएको इण्डिया पोस्टमा समाचार छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ५० बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२