पूर्व राष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने « Khabarhub

पूर्व राष्ट्रिय टेनिस च्याम्पियन पाण्डेको नाममा जुनियर च्याम्पियनसिप हुने


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन कल्याणराज पाण्डेको नाममा प्रत्येक वर्षको भदौमा कल्याण पाण्डे राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप आयोजना हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य र कल्याणराजका छोरा कुशलराज पाण्डेबीच प्रतियोगिता सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार पाण्डेको परिवारले संघलाई ६ लाख दिनेछ । सो रकमबाट वार्षिक रुपमा आउने ७० हजार ब्याजबाट संघले प्रतियोगिता गराउनेछ । यदि संघले दुई वर्षसम्म प्रतियोगिता आयोजना नगरेमा सो रकम पाण्डेको परिवारलाई नै फिर्ता हुने संघका अध्यक्ष वैद्यले जानकारी दिए ।

पहिलो वर्ष ब्याज नआउने भएकाले पाण्डे परिवारले प्रतियोगिता सञ्चालनका लागि ७० हजार रुपैयाँ दिनेछन् । लामो समयदेखि बास्केटबलमा आबद्ध पाण्डेले टेबल टेनिसमा ‘केही गरौँ’ भन्ने उद्देश्यले यो प्रतियोगिता लागि संघसँग सम्झौता गरेको जानकारी दिए ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : २८ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम