दीलिपको सल्लाह मान्दै गोविन्दाले २५ फिल्म अस्वीकार गरे « Khabarhub

दीलिपको सल्लाह मान्दै गोविन्दाले २५ फिल्म अस्वीकार गरे


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् १९८०/९० को दशकका स्टार तथा सुपरस्टारको कुरा गर्ने हो भने अभिनेता गोविन्दाको नाम छुट्दैन । उनी नम्बर एक नै थिए ।

उनको त्यो क्रेज अहिले छैन । तर बलिउडमा नम्बर एक हुन गोविन्दाको मेहनत र संघर्ष उत्तिकै प्रेरणादायी छ । गोविन्दाको जन्मअघि उनको पिता आर्थिक संकटको सिकार भएका थिए ।

उनले निर्माण गरेको फिल्म असफल भएपछि ऋणदाताले उनलाई घरबाट निकालिदियो । त्यसपछि उनी सडकमा आए । सडकमा आए पनि उनको जिन्दगी जसो तसो चलिरहेको थियो ।

गोविन्दाको बाल्यकाल पनि अभाव र संकटमै बित्यो । जब एकदिन उनले आमा र परिवारको पारिवारिक अवस्था थाहा पाए, त्यसपछि उनी काम गर्न थाले ।

१३, १४ वर्षको उमेरमा गोविन्दाको अनुहारमा दाह्री जुँगा देखिन थालेपछि उनले आफूलाई वयस्क भएको महसुस गर्दै काम खोज्न थाले । उनी त्यो बेला दैनिक रूपमा राजश्री प्रोडक्सनमा पुगेर काम माग्थे ।

उनले १३ वर्षको उमेरमै एक किसिमको सफलता पाए । किनकि उनलाई एकसाथ ७५ फिल्मको अफर आएको थियो । उनले सबै फिल्ममा कामका लागि सम्झौता गरे ।

आर्थिक संकटबाट गुज्रिरहेका गोविन्दाले कुनै पनि प्रस्तावलाई अस्वीकार गरेनन् । तर यी फिल्ममा सम्झौता गर्दा भने उनको स्वास्थ्य अवस्था बिग्रियो ।

यति धेरै फिल्ममा अनुबन्धित भएपछि गोविन्दाले डबल सिफ्टमा काम गर्न थाले र त्यसको थकानले उनी बिरामी भए । त्यही बेला उनलाई दिलीप कुमारले सम्झाए र उनले २५ फिल्मलाई अस्वीकार गर्न गोविन्दालाई सुझाव दिए ।

लगत्तै गोविन्दाले दिलीपको प्रस्तावलाई मान्दै २५ फिल्म अस्वीकार गरे ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : २० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका