‘ज्योतिषीले भनेको’ सार्वजनिक « Khabarhub

‘ज्योतिषीले भनेको’ सार्वजनिक


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमोद भट्टराईको शब्दमा रहेको म्युजिक भिडियो ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन जोडिएको गीतमा संगीत कृति न्यौपानेले भरेका छन् ।

सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राई र युवा गायक निशान भट्टराईको मिठासपूर्ण स्वर सुन्न सकिन्छ । गीतमा एरेञ्जको काम पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतकार भट्टराईले यो गीतबाट मनोरञ्जनसँगै प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि विश्वास र बुझाईमा भर पर्ने सन्देश प्रवाह गरिएको बताए ।

डान्सिङ नम्बरको सार्वजनिक भिडियोमा मोडल द्वय अनु पराजुली र लोमस शर्माले ठूम्का लगाएका छन् । फर्पिङ आसपासका विभिन्न स्थानमा छायांकन गरिएको छ । भिडियोलाई विनोद बमले निर्देशन गरेका छन् । भिडियोमा सम्पादन तथा कलरको काम पनि निर्देशक विनोदले नै गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ४८ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ