सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थाले « Khabarhub

सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थाले


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो ।

यससँगै त्यहाँ कूल सङ्क्रमितको सङ्ख्या १३ लाख ६७ हजार ७६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन (एआरटी) परीक्षणद्वारा दुई हजार ९०१ व्यक्तिमा सङ्क्रमण पुष्टि गरिएको हो ।

पुष्टि भएकामध्ये करिब २९९ जना विदेशबाट सङ्क्रमित भइ आएका र बाँकी सबै आन्तरिकपमा सङ्क्रमित भएका बताइएको छ ।

हल्का लक्षणहरू भएका र कम जोखिम भएको आकलन गरिएका उनीहरूले चिकित्सकको सल्लाहमा उपचार सेवा लिइरहेका छन् । सङ्क्रमितमध्ये जटिल समस्या भटिएका आठ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ ।

त्यहाँ कोभिड–१९ सङ्क्रमणका कारण थप एक जना बिरामीको मृत्यु भएको छ भने यससँगै कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ४१ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको