करारका कर्मचारी हटाउने निर्णय अन्यायपूर्ण र पूर्वाग्रही « Khabarhub

 करारका कर्मचारी हटाउने निर्णय अन्यायपूर्ण र पूर्वाग्रही


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्रही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुन: स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।

नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेको बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अविलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पूर्ववत् काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, लोसपा लगायत दलहरूको बैठकले उद्योग वाणिज्य संघ बर्दिबास र खानेपानी तथा सरसफाइको रिक्त कार्यसमितिको विषयमा समेत ध्यानाकर्षण जनाएका छन् ।

खानेपानी र  उद्योग वाणिज्य संघमा नेतृत्व गर्नेहरूनै जनप्रतिनिधिमा निर्वाचित भएका  हुनाले विधिअनुसार कार्यसमिति बनाइ पूर्णता दिन संयुक्त अनुरोध गरिएको छ ।

वडा नम्बर १२ का जनप्रतिनिधि तथा वडाध्यक्ष रामकिशोर साहको हातपातको विषयमा समेत राजनीतिक दलहरूले चासो देखाएका छन् । कार्यकक्षमा नै प्रवेश गरी अध्यक्ष साहमाथि भएको साङ्घातिक हमलाप्रति निन्दा गर्दै दोषीलाई तुरुन्त कारवाही गर्न दलहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : ५० बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र