डंकी लुक्समा देखिए शाहरुख  « Khabarhub

डंकी लुक्समा देखिए शाहरुख 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा बादशाहको उपनाम समेत पाएका शाहरुख खान आउँदो वर्ष कमब्याक गर्दैछन् । उनले कमब्याक लाइनअपलाई तगडा बनाएका छन् । उनी आउँदो वर्षको सुरुवातमा पठानमा देखिनेछन् । त्यसपछि साउथ इन्डियन निर्देशक एटलीको फिल्म जवान रिलिज हुनेछ । यी फिल्ममा एक्सन अवतारमा देखिने शाहरुखले वर्षको अन्त्यमा रिलिज हुने फिल्म डंकीमा आफ्नै उमेर समुहको चरित्रमा प्रस्तुत हुनेछन् । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरिरहेका छन् । त्यसपछि उनले आफ्नो हिट फिल्म ‘डन’ को तेस्रो सिरिजमा काम गर्ने तयारी गरेका छन् ।

पछिल्लो फिल्म ‘जिरो’ सम्म फ्लपको सामना गरेपछि शाहरुखले ब्रेक लिएका थिए । उनी अब भने ५ वर्ष पश्चात बलिउडमा कमब्याक गर्न तयार छन् । यी मध्ये डंकी प्रतीक्षित छ । हिरानीको निर्देशनमा तयार हुने भएकोले पनि फिल्मलाई लिएर दर्शक उत्साहित छन् । लण्डनमा फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त सेटको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा शाहरुखको लुक्स देखिएको छ ।

जसमा उनी क्याजुअल लुकमा देखिएका छन्। यस फोटोमा शाहरुख खानले चेक शर्ट र ट्राउजर लगाएका छन् र उनी दाह्रीमा देखिएका छन्। सेटमा उनको वरिपरि चालक दलका सदस्यहरू देखिन्छन्। बेलायत र युरोपमा फिल्म डंकीको सुटिङपछि शाहरूख खान भारत आउने र पञ्जाबमा सुटिङ गर्ने बताइएको छ।

हिरानी र खानले पहिलोपटक सँगै काम गर्न लागेको फिल्ममा सीमा अध्यागमनको कथा हुनेछ। सामाजिक कथामा बन्ने फिल्ममा भारतको पञ्जाब राज्यको कथालाई देखाइनेछ। पञ्जाबबाट क्यानडा जानका लागि संघर्षपूर्ण यात्रा गर्ने व्यक्रिको कथालाई लिएर फिल्म बन्न लागेको हो। ‘डंकी फ्लाइट’ अर्थात सिमाना पार गर्ने अवैध बाटोको भन्ने बुझिन्छ। अवैध सिमा अध्यागमनको विषयलाई समेटिने भएकाले पनि फिल्मको नाम ‘डंकी’ राखिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : ४३ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई