तिलोत्तमा नगरपालिकाको विवाद टुंगियो « Khabarhub

तिलोत्तमा नगरपालिकाको विवाद टुंगियो


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसँगै कार्यसूचीमा राखिने छ । 

सहमतिपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि खुलाइएको छ । मंगलबार बस्ने नगरसभा बैठकबाट एमाले जनप्रतिनिधिले उठाएका विषय पनि कार्यसूचीमा राखेर छलफल गर्ने र बजेट पनि पारित गर्ने सहमति भएको हो ।

तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेबीच विवादले बजेट पारित हुन सकेको छैन । विवाद बढ्दै जाँदा प्रहरीले समेत हस्तक्षेप गर्नुका साथै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा-४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्विमिङ पुलमा धकेलिदिएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । स्विमिङ पुलमा धकेलेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

आइतबार नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा बैठक स्थगन गरेका थिए । एमालेका जनप्रतिनिधिले आफूहरू उपस्थित भए पनि हाजिर गर्न नदिएर बैठक स्थगन गरिएको भन्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरूले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आफूहरूलाई हाजिर गर्न नदिएको आरोप लगाउँदै हलभित्र थुन्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । 

आइतबार एमालेका  जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए । सोमबार वडाध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारबाही माग गर्दै प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो । ३१ असारमा बसेको नगर सभा पनि गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले स्थगन गरेका थिए । कांग्रेसले न्यायिक समितिका तीन सदस्यमध्ये एक सदस्य आफूले पाउनुपर्ने बताएको थियो ।

एमालेले नगरसभाबाट निर्णय गराएर तीनै सदस्य आफूले राख्न चाहेको थियो । तिलोत्तमामा मेयर कांग्रेसले जिते पनि नगरसभामा एमालेको बहुमत छ । न्यायिक समितिको एक सदस्यको विवाद नमिल्दा बजेट पारित हुन नसकी झडपसम्मको अवस्था आएको थियो । सहमतिपछि कांग्रेसले न्यायिक समितिको एक सदस्य पाउने भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : १६ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र