कर्णालीमा करार कर्मचारी निष्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी « Khabarhub

कर्णालीमा करार कर्मचारी निष्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरिदिएका छन् ।

कर्णालीका दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र  डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।कालिकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले  पनि करारका कर्मचारी हटाएका छन् ।

दैलेख गुराँस गाउँपालिका दैलेखको गत २९ असारमा बसेको १० औँ गाउँ सभाले समेत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । सोही कारण गुराँस गाउँपालिका दैलेखको अवस्था असामान्य बनेको छ । गत ३१ असार शुक्रबार भएको झडपमा कार्यालय तोडफोड, केही प्रहरी घाइते हुनुका साथै दुई जनालाई गोली लागेको छ ।

११ असारमा कालिकोटको शुभकालिका गाउँ कार्यपालिका बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । त्यहाँ सोमबारदेखि कार्यालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् कामकाज ठप्प पारेका छन् । उनीहरूले पुर्नवहालीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरकार्यपालिकाको २७ असारको निर्णयअनुसार पालिका तथा पालिका मातहतका सबै कार्यालयका करार कर्मचारीको १ साउनदेखि म्याद थप नगर्ने निर्णय गरेको छ । त्यहाँ पनि करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । करारका ९७ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय नगर कार्यपालिको बैठकले गरेको हो ।

दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । जागिरबाट हटाइएका करारका कर्मचारी तथा राजनीतिक दलहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका-२ का वडाध्यक्ष यामबहादुर विष्टले बताए ।

कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि करार कर्मचारीले कार्यालयमा तालाबन्दी गर्दा कामकाज ठप्प भएको स्थानीय हरिबहादुर बिष्टले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : ५१ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको