कर्णालीमा करार कर्मचारी निष्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी | Khabarhub Khabarhub

कर्णालीमा करार कर्मचारी निष्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरिदिएका छन् ।

कर्णालीका दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र  डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।कालिकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले  पनि करारका कर्मचारी हटाएका छन् ।

दैलेख गुराँस गाउँपालिका दैलेखको गत २९ असारमा बसेको १० औँ गाउँ सभाले समेत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । सोही कारण गुराँस गाउँपालिका दैलेखको अवस्था असामान्य बनेको छ । गत ३१ असार शुक्रबार भएको झडपमा कार्यालय तोडफोड, केही प्रहरी घाइते हुनुका साथै दुई जनालाई गोली लागेको छ ।

११ असारमा कालिकोटको शुभकालिका गाउँ कार्यपालिका बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । त्यहाँ सोमबारदेखि कार्यालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् कामकाज ठप्प पारेका छन् । उनीहरूले पुर्नवहालीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरकार्यपालिकाको २७ असारको निर्णयअनुसार पालिका तथा पालिका मातहतका सबै कार्यालयका करार कर्मचारीको १ साउनदेखि म्याद थप नगर्ने निर्णय गरेको छ । त्यहाँ पनि करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । करारका ९७ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय नगर कार्यपालिको बैठकले गरेको हो ।

दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । जागिरबाट हटाइएका करारका कर्मचारी तथा राजनीतिक दलहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका-२ का वडाध्यक्ष यामबहादुर विष्टले बताए ।

कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि करार कर्मचारीले कार्यालयमा तालाबन्दी गर्दा कामकाज ठप्प भएको स्थानीय हरिबहादुर बिष्टले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : ५१ बजे

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी