टाइगरको फिल्म कृतिसँगै नोरा  « Khabarhub

टाइगरको फिल्म कृतिसँगै नोरा 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडका फिट अभिनेता टाइगर श्राफले नयाँ फिल्म ‘गणपति’ को तयारीमा छन्।  एक्सन फिल्म मार्फत फ्यान कमाएका टाइगर यसमा त्यस्तै भूमिकामा छन् । उनले फिल्ममा आफ्नै डेब्यु को-स्टार कृति सेननसँग काम गर्दैछन् ।

 फिल्मलाई दुई भागमा ल्याउने भएका हुँदा यसको पहिलो भागमा टाइगर र कृतिसँगै नोरा फतेही पनि देखिनेछन् । बासु भगनानीको निर्माण तथा विकास बहलको निर्देशनमा तयार हुने फिल्म एक्सन ड्रामा हुने भनिएको छ । फिल्ममा नोराको भूमिकालाई खुलाइएको छैन । यद्यपि टाइगरसँगै नोरा देखिने चर्चाले फ्यान उत्साहित छन् ।

पछिल्लो समय बलिउडमा आइटम क्विनको उपाधि समेत पाएकी हटकेक नोरा यति बेला प्राय निर्माता तथा निर्देशकको रोजाइमा पर्दै आइरहेकी छिन् । फिल्मसँग  जोडिएको सदस्यले फिल्ममा नोरा केवल पहिलो भागमा हुने बताएका छन् । नोरा आइटम डान्स मार्फत बलिउडमा स्थापित भएकी अभिनेत्री हुन् । टाइगर र नोराको स्वभाव उस्तै भएकोले दर्शक उत्साहित छन् ।

फिल्म आउँदो वर्ष सन् २०२३ मा प्रदर्शनमा आउने छ । पछिल्लो समय एकपछि अर्को फिल्ममा आलोचना खेपिरहेका टाइगरलाई फिल्मले राहत दिने विश्वास निर्माण पक्षको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका