टाइगरको फिल्म कृतिसँगै नोरा  « Khabarhub

टाइगरको फिल्म कृतिसँगै नोरा 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडका फिट अभिनेता टाइगर श्राफले नयाँ फिल्म ‘गणपति’ को तयारीमा छन्।  एक्सन फिल्म मार्फत फ्यान कमाएका टाइगर यसमा त्यस्तै भूमिकामा छन् । उनले फिल्ममा आफ्नै डेब्यु को-स्टार कृति सेननसँग काम गर्दैछन् ।

 फिल्मलाई दुई भागमा ल्याउने भएका हुँदा यसको पहिलो भागमा टाइगर र कृतिसँगै नोरा फतेही पनि देखिनेछन् । बासु भगनानीको निर्माण तथा विकास बहलको निर्देशनमा तयार हुने फिल्म एक्सन ड्रामा हुने भनिएको छ । फिल्ममा नोराको भूमिकालाई खुलाइएको छैन । यद्यपि टाइगरसँगै नोरा देखिने चर्चाले फ्यान उत्साहित छन् ।

पछिल्लो समय बलिउडमा आइटम क्विनको उपाधि समेत पाएकी हटकेक नोरा यति बेला प्राय निर्माता तथा निर्देशकको रोजाइमा पर्दै आइरहेकी छिन् । फिल्मसँग  जोडिएको सदस्यले फिल्ममा नोरा केवल पहिलो भागमा हुने बताएका छन् । नोरा आइटम डान्स मार्फत बलिउडमा स्थापित भएकी अभिनेत्री हुन् । टाइगर र नोराको स्वभाव उस्तै भएकोले दर्शक उत्साहित छन् ।

फिल्म आउँदो वर्ष सन् २०२३ मा प्रदर्शनमा आउने छ । पछिल्लो समय एकपछि अर्को फिल्ममा आलोचना खेपिरहेका टाइगरलाई फिल्मले राहत दिने विश्वास निर्माण पक्षको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ३३ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी