के होला राधेको सिक्वेल ? « Khabarhub

के होला राधेको सिक्वेल ?


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ रिलिज भइसकेको छ । कोरोना भाइरस महामारी कै समयमा फिल्म केही हल र ओटीटीमा प्रदर्शनमा आएको थियो । सलमानले आफ्नो करियरमा पहिलो पटक फिल्म ओटीटीमा रिलिज गरेका थिए ।

फिल्ममा सलमानकै हिट फिल्म ‘वान्टेड’ को क्यारेक्टरमा आधारित फिल्मलाई दर्शकले रुचाएमा सिक्वेल ल्याउने घोषणा सलमानले गरेका थिए । उनले दर्शकको प्रतिक्रियामा राधेको सिक्वेल भर पर्ने पनि संकेत गरेका थिए । ‘दर्शकले रुचाएमा फिल्मको सिक्वेलमा हाम्रो सोच अगाडी बढ्नेछ । नत्र फिल्मको सिक्वेल आउनेछैन’ सलमानले भनेका थिए । फिल्मलाई सलमान तथा उनको निर्माण टिमले सुपरहिट भएको प्रतिक्रिया मिडियामा दिएका छन्  । यद्यपि सिक्वेल घोषणा गर्न सकेका छैनन् ।

फिल्ममा सलमानसँगै रणदीप हुड्डा, दिशा पटानी लगायतका कलाकारहरूको पनि अभिनय रहेको थियो । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गरेका हुन् । सलमान पछिल्लो समय टाइगर सिरिजसँगै कभी ईद कभी दिवालीमा व्यस्त छन् । तर, उनले राधेको सिक्वेलको घोषणा भने गरेका छैनन् । उनको शून्यतालाई केहीले असफलतासँग पनि जोडेका छन् । तर निर्माण कम्पनीले औपचारिक रूपमा केही बोलेको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ३७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका