के होला राधेको सिक्वेल ? « Khabarhub

के होला राधेको सिक्वेल ?


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ रिलिज भइसकेको छ । कोरोना भाइरस महामारी कै समयमा फिल्म केही हल र ओटीटीमा प्रदर्शनमा आएको थियो । सलमानले आफ्नो करियरमा पहिलो पटक फिल्म ओटीटीमा रिलिज गरेका थिए ।

फिल्ममा सलमानकै हिट फिल्म ‘वान्टेड’ को क्यारेक्टरमा आधारित फिल्मलाई दर्शकले रुचाएमा सिक्वेल ल्याउने घोषणा सलमानले गरेका थिए । उनले दर्शकको प्रतिक्रियामा राधेको सिक्वेल भर पर्ने पनि संकेत गरेका थिए । ‘दर्शकले रुचाएमा फिल्मको सिक्वेलमा हाम्रो सोच अगाडी बढ्नेछ । नत्र फिल्मको सिक्वेल आउनेछैन’ सलमानले भनेका थिए । फिल्मलाई सलमान तथा उनको निर्माण टिमले सुपरहिट भएको प्रतिक्रिया मिडियामा दिएका छन्  । यद्यपि सिक्वेल घोषणा गर्न सकेका छैनन् ।

फिल्ममा सलमानसँगै रणदीप हुड्डा, दिशा पटानी लगायतका कलाकारहरूको पनि अभिनय रहेको थियो । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गरेका हुन् । सलमान पछिल्लो समय टाइगर सिरिजसँगै कभी ईद कभी दिवालीमा व्यस्त छन् । तर, उनले राधेको सिक्वेलको घोषणा भने गरेका छैनन् । उनको शून्यतालाई केहीले असफलतासँग पनि जोडेका छन् । तर निर्माण कम्पनीले औपचारिक रूपमा केही बोलेको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ३७ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल