अभिनेत्री एमिलियालाई भयो ब्रेन एन्यूरिज्म « Khabarhub

अभिनेत्री एमिलियालाई भयो ब्रेन एन्यूरिज्म


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड अभिनेत्री एमिलिया क्लार्कलाई ब्रेन एन्यूरिज्म भएको छ । यो रोगका कारण उनको शरीरका कयौं अंग ‘ड्यामेज’ भएका छन् । उनका अनुसार सिरिज ‘गेम अफ थ्रोन्स’ को सुटिङको समयमा ब्रेन सर्जरी पनि गराएकी थिइन् ।

एमिलियाले यो सिरिजमा ‘मदर अफ ड्रागन’ को भूमिका निभाएकी थिइन् । उनले ब्रेन सर्जरीपछि आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन भएको बताएकी छन् । ‘सर्जरीपछि मेरो दिमागको एक हिस्सा गायब भएको जस्तो अनुभव भइरहेको छ । मेरो दिमागको त्यो हिस्सा अब प्रयोग गर्न अयोग्य छ । तर खुसीको कुरा यो हो कि म अहिले पनि कुरा गर्न सक्छु’, उनले भनेकी छन् ।

उनले आफ्नो जीवन रचनात्मक तरिकाले बाँचिरहेको बताएकी छन् । ‘सत्य कुरा यो हो कि धेरै मानिस यो रोगका कारण पनि जिउँदै रहन्छन् । यो समस्याका बाबजुद पनि म राम्रो काम गरिरहेकी छु । म कुनै संवाद नबिर्सिई शोमा काम गरिरहेकी छु’, उनले भनेकी छन् ।

ब्रेन एन्यूरिज्मबाट पीडित व्यक्तिको दिमागको नसा कमजोर भएर फुल्ने गर्दछ । ५० वर्षभन्दा बढी उमेरका व्यक्ति वा उच्च रक्तताप, जेनेटिक रोग, इन्फेक्सन या दिमागी चोट र तनावसँग जुधिरहेका व्यक्तिहरू यो रोगको सामना गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ४२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल