सिंहदरबार बैठक : वाम एकतादेखि गठबन्धनसम्म ! « Khabarhub

सिंहदरबार बैठक : वाम एकतादेखि गठबन्धनसम्म !

झलनाथ भन्छन्– ‘राष्ट्र एक बनाउने’, प्रचण्ड भन्छन्– ‘गठबन्धन’


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालका बहुमत सचिवालय सदस्य मंगलबार दिउँसो सिंहदरबारमा भेला भए । असार १९ गते अहिले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका तत्कालीन नेकपाका सचिवालय सदस्य वामदेव गौतमको पहलमा बैठक बसेको हो। आजको बैठक यसैको निरन्तरता भएको नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुनै लाग्दा गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साथमा वामदेव गौतम छलफलमा जुटेका हुन् ।

छलफलमा आगामी निर्वाचन, सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एव‌म् नेकपा कालको एक दल एमालेका पछिल्ला निर्णयहरुबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकपछि सबैभन्दा पहिला वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका थिए । बाहिरिने क्रममा रहेका नेताहरुलाई सञ्चारकर्मीले बैठकका बारेमा प्रश्न राखे । अगाडि रहेका वामदेवले नारायणकाजीले बोल्नु हुन्छ भन्दै टार्न खोजे । माधव नेपाल र झलनाथ खनाल केही बोलेनन् ।

लिफ्ट खुल्नु अघि वामदेवलाई पत्रकारले फेरि प्रश्न गरे, ‘वामदेव काम्रेणले केही प्रस्ताव राख्नु भएको हो नेकपाकालीन ?’ तर उनले जवाफ दिएनन् । हात हल्लाउँदै हास्दै बसे ।

लिफ्ट खुलेसँगै गौतम, नेपाल र खनाल प्रवेश गरे । पत्रकारले पुनः वामपन्थी दलहरुबीचको एकताबारे प्रश्न गरे । जवाफ झलनाथले दिए । भने ‘सिंगै राष्ट्रलाई एक बनाउने ।’

त्यसपछि प्रचण्ड आइपुगे । उनले बैठकबारे जानकारी दिए । ‘बसेको थाहा भइहाल्यो नेकपा कालका सचिवालयका बहुमत सदस्य । पहिला पनि बसेका थियौं’ उनले भने, ‘गठबन्धनलाई कामय राखेर अघि जानु पर्छ भन्नेमा विमति छैन । स्थानीय तहको निर्वाचनको परिणामलाई समेत ध्यान दिएर गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल भयो ।’

उनले अगाडि भने, ‘नेकपा एउटै पार्टी भयौं हिजोका सचिवालयका बहुमत हौं हामी । विचार मिल्नेकाबीचमा एकताको सम्भावनाबारे छलफल गरिरहेका छौं, त्यो भनेको गठबन्धनको विरुद्ध भनेको होइन ।’ भारत भ्रमणबारे सोधिएको प्रश्नमा भने उनले जवाफ दिएनन् ।

यो पनि पढ्नुहोसः

विचार मिल्नेसँग एकता गर्ने पाँच नेताको निष्कर्ष

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ३८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।