अर्थतन्त्रसम्बन्धी विधेयक अगाडि बढाउन सभामुखलाई चेम्बरको आग्रह « Khabarhub

अर्थतन्त्रसम्बन्धी विधेयक अगाडि बढाउन सभामुखलाई चेम्बरको आग्रह


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्शले संसद्‍मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्नेसम्बन्धी विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहँदा समस्या परेको उनको भनाइ छ ।

अध्यक्ष मल्लले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले सङ्घीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन पनि आग्रह गरे ।

“मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्रसँग सम्बन्धित सबै विधेयकलाई सङ्घीय निर्वाचनअघि पारित गराउन सभामुखलाई आग्रह गर्दछु”, उनले भने ।

भेटमा सभामुख सापकोटाले संसद्‍मा रोकिएका विधेयक अगाडि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु, बजेटसँग सम्बन्धित विधेयकहरु करिब करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु”, उनले भने ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ४८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने