सिभिल सहकारी ठगी प्रकरण: पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ « Khabarhub

सिभिल सहकारी ठगी प्रकरण: पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सोल्टीमोडमा रहेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आज मंगलवार सहकारीकी लेखा समिति सदस्य सिर्जना शाक्य (तामाङ) लाई पुतलीसडकबाट पक्राउ गरेको हो ।

लेखा समिति सदस्य रहेकी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २७ पुस २०७८ मा पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार थिइन् ।

सहकारीले आकर्षक ब्याजदरको प्रलोभन देखाएर वचतकर्ताहरुले जम्मा गरेको ५ अर्ब चौरासी करोड ४० लाख एक्काइस हजार सात सय तेह्र रुपैयाँ दश पैसा ठगी गरेको पाइएपछि संस्थापक इच्छाराज तामाङलाई यसअघि नै पक्राउ गरेको थियो ।

सहकारीबाट पीडित १५३० जनाले ब्यूरोमा दिएको जाहेरीका आधारमा १७ मंसिर २०७८ मा संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी ब्यूरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तामाङ र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ३२ बजे

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने

पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले