यात्रुले छुटाएको मोबाइल, नगद र सामान चालकले गरिदिए फिर्ता « Khabarhub

यात्रुले छुटाएको मोबाइल, नगद र सामान चालकले गरिदिए फिर्ता


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्पताल जाँदै गरेका एक यात्रुले गाडीमा छुटाएको झोलासहितको सामान चालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिएका छन् ।

सोमवार बा २ ज २१५१ नम्बरको गाडीमा बालकुमारीदेखि ग्वार्कोसम्म जाँदा यात्रुले झोलासहित  मोबाइल फोन, ७५० अमेरिकी डलर, पासपोर्ट लगायत अन्य सामानहरू गाडीमा नै छुटाएका थिए ।

ती सामानसहितको झोला भेट्याएपछि चालक मानबहादुर पुलामीले उक्त सामान काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुझाएका थिए । प्रहरीले उक्त सामान सम्बन्धित धनीको पहिचान गरी उनैलाई बुझाएको हो ।

ती सामानहरू ललितपुरको बालकुमारी बस्ने प्रवीण आचार्यको भएको र उनलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ०७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल