विश्व इतिहासमा आज : अफगानिस्तानको स्वतन्त्रतादेखि इराकी स्वतन्त्रता मिसनको अन्त्यसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : अफगानिस्तानको स्वतन्त्रतादेखि इराकी स्वतन्त्रता मिसनको अन्त्यसम्म


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ ३ गते शुक्रबार । सन् २०२२ को अगस्ट १९ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् । 

सन् २०१० अगस्ट १९ मा संयुक्त राज्य अमेरिकी कम्ब्याट ब्रिगेड, चौथो स्ट्राइकर ब्रिगेड, दोस्रो इन्फ्यान्ट्री डिभिजनले इराक छोडेसँगै इराकी स्वतन्त्रता मिसनको अन्त्य भएको थियो । ६ ब्रिगेड भने इराकी सेनालाई तालिम दिन इराकमा बसेका थिए ।

सन् २००४ अगस्ट १९ मा नासदाक स्टक मार्केटमा गुगल इङ्क स्टोकको बिक्री सुरु भयो । सुरुवातमा स्टक्कको मूल्य ८५ अमेरिकी डलर थियो । सो दिनको समाप्तिमा २२ मिलियन शेयर कारोबार भएसँगै त्यसको मूल्य १००.३४ अमेरिकी डलर पुगेको थियो ।

सन् २००३ अगस्ट १९ मा जेरुसेलममा एक बसमा शमुएल हनवीले गरेको आत्मघाती आक्रमणअन्तर्गत बम विस्फोट हुँदा २३ इजरायलीको मृत्यु हुनुको साथै केही बालबालिकासहित १३० जना घाइते भएका थिए । इस्लामिस्ट आतंकवादी समूहले सो विस्फोटको जिम्मेवारी लिएको थियो ।

सन् २००२ अगस्ट १९ मा रुसको ग्रजनी बाहिर सेना बोकेको एक रुसी एम्आई–२६ हेलिकप्टरलाई एक चेचेन मिसाइलले आक्रमण गर्दा ११८ सिपाहीको मृत्यु भएको थियो ।

सन् १९९१ अगस्ट १९ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सिटीस्थिति क्राउन हाईट्समा दंगा भएको थियो । एक दुर्घटनामा एक यहुदी नेताद्वारा २ बच्चा मारिँदा अफ्रिकी–अमेरिकी तथा कट्टर यहुदी वासिन्दाहरुबीच दंगा सुरु भएको थियो । ३ दिन लामो चलेको सो दंगामा २ पुरुषको मृत्यु र केही मानिस घाइते भएका थिए ।

सन् १९७८ अगस्ट १९ मा इरानको अवदानमा भएको रेक्स सिनेमामा आगलागी हुँदा ४०० जनाको मृत्यु भएको थियो । इरानी विद्रोहअन्तर्गत ‘द डियर्स’ नामक चलचित्र चलिरहेको बेला सो आगलागी भएको थियो । ४ अतिवादीले सिनेमा हलको ढोका बन्द गरेर आगलागी गरेको मानिएको थियो । इरानी खुफिया एजेन्सी साभाकले सो आगलागी गरेको मानिन्छ ।

सन् १९७४ अगस्ट १९ मा साइप्रसका लागि संयुक्त राज्य अमेरिकाका राजदूत रोजर पी. डेभिसको हत्या गरिएको थियो । निकोसियामा भएको राजदुतावसा बाहिर एक प्रदर्शनमा ‘ईओकेए–बी’ नामक ग्रीक साइप्रियट अर्धसैनिक समूहको एक स्नाइपरले राजदूत डेभिसको हत्या गरेको थियो ।

सन् १९६४ अगस्ट १९ मा विश्वको पहिलो जियोस्टेशनरी उपग्रह ‘सिन्कम ३’ प्रक्षेपण गरिएको थियो । अमेरिकाको फ्लोरिडाबाट सो उपग्रह प्रक्षेपण गरिएको थियो । सोही उपग्रहको प्रयोगपश्चात् १९६४ टोकियो ओलम्पिक संयुक्त राज्य अमेरिकामा प्रसारण गरिएको  थियो ।

सन् १९६० अगस्ट १९ मा यूएसएसआरले ‘स्पुतनिक ५’ प्रक्षेपण गरेको थियो । सो स्पेसक्राफ्टमा स्ट्रेलका र बेल्का नामक दुई कुकुरहरू पठाइएको थियो । यी दुवै कुकुर स्पेसमा बाँच्न सफल पहिलो जीवित प्राणीहरू बने ।

सन् १९१९ अगस्ट १९ मा संयुक्त अधिराज्यको अधीनबाट अफगानिस्तानले स्वतन्त्रता प्राप्त ग¥यो । बेलायती सरकारले सन् १८५९ मा अफगानिस्तानलाई अतिक्रमण गरेको थियो । राजा अमानल्लाहले स्वतन्त्रता घोषणा गरेका थिए । सो घोषणापश्चात् तेस्रो एंग्लो अफगान युद्ध सुरु भएको थियो । यसले रावलपिंडी सन्धिको अन्त्य गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : २२ बजे

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको