सुकेटार विमानस्थलमा ३ महिनापछि उडान « Khabarhub

सुकेटार विमानस्थलमा ३ महिनापछि उडान


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो ।

जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल रु नौ हजार दुई सय भाडा दर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरे पनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो ।

लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटेल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ११ : ५५ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री