एक वर्षमा साढे दुई अर्बको क्यामरा नेपाल भित्रियो  « Khabarhub

एक वर्षमा साढे दुई अर्बको क्यामरा नेपाल भित्रियो 


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा एक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको क्यामरा नेपाल भित्रिएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

सो अवधिमा ४ लाख ३६ हजार ८९७ थान विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २५ करोड ७६ लाख ७७ हजार रुपैयाँको टेलिभिजन क्यामरा, १६ करोड २२ लाख ११ हजार रुपैयाँको डिजिटल क्यामरा, ५ करोड ८७ लाख ७२ हजार रुपैयाँको भिडियो क्यामरा रेकर्डर  र १ अर्ब ९० करोड २१ लाख ९५ हजार रुपैयाँको अन्य क्यामरा नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ अर्ब ७७ करोड २४ लाख १४ हजार रुपैयाँको विभिन्न क्यामराहरू आयात गरेको थियो । सो मूल्यमा ३ लाख ९९ हजार २२ थान क्यामरा नेपाल भित्रिएको थियो ।

नेपालमा क्यामराहरू अष्ट्रेलिया, चीन, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मेक्सिको, सिंगापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, इजिप्ट, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, न्युजल्याण्ड, कतार, बेलायत, भियतनाम लगायतका देशबाट आउने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १२ : ०४ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश