चुनावी तयारीस्वरूप जसपाको बैठक « Khabarhub

चुनावी तयारीस्वरूप जसपाको बैठक


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरूप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ ।

जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न संगठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

नेता यादवले भने, ‘नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने हो कहिलेसम्म वितरण गर्ने, उम्मेदवारको मापदण्ड आदि विषयमा छलफल भइरहेको छ । बैठक आजै टुङ्गिन्छ ।’

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल भइरहेको छ । निर्वाचनमा उम्मेदवारको मापदण्ड, चयन गर्ने प्रक्रिया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयन लगायतका प्रस्तावमाथि नेताहरूले धारणा राखिरहेका छन् । 

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)जसपाबीच गठबन्धनको सम्भावना, पाँच दलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्थाबारे पनि नेताहरूले धारणा राखेको जसपाले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : २१ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का