अस्पतालमा प्रदीप गिरिलाई भेटेपछि निधिले लेखे- ईश्वरीय चमत्कारका लागि प्रार्थना  « Khabarhub

अस्पतालमा प्रदीप गिरिलाई भेटेपछि निधिले लेखे- ईश्वरीय चमत्कारका लागि प्रार्थना 


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपचाररत नेता प्रदीप गिरिलाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेको र अरुलाई पनि गर्न आग्रह गरेका छन् ।  गिरिको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार मेडिसिटी अस्पताल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालबाट फर्किँदै गर्दा सामाजिक सञ्जाल ट्विटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौँ ।’

साउन दोस्रो साता भर्ना भएका नेता गिरिको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमा सुधार नआएपछि उनलाई आईसीयूमा राखेर उपचार जारी राखिएको छ ।

गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : ४२ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी