लागूऔषध सहित दुई जना पक्राउ « Khabarhub

लागूऔषध सहित दुई जना पक्राउ


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको बाराको निजगढ नगरपालिका–८ बाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो । 

बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको पूर्व‍-पश्चिम लोकमार्ग सडकखण्डबाट पथलैयाबाट निजगढ आँउदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका –९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट डाइजेपाम, फेनारागननेफिन गरी जम्मा २६/२६ थान बरामद गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई इलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लागूऔषधी फेला परेपश्चात् उनीहरु सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बाराको निजगढ लागूऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँबाट प्रत्येक दिन लागूऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ५ : ०७ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक