लागूऔषध सहित दुई जना पक्राउ « Khabarhub

लागूऔषध सहित दुई जना पक्राउ


३ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको बाराको निजगढ नगरपालिका–८ बाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो । 

बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको पूर्व‍-पश्चिम लोकमार्ग सडकखण्डबाट पथलैयाबाट निजगढ आँउदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका –९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६/२६ थान बरामद गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई इलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लागूऔषधी फेला परेपश्चात् उनीहरु सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बाराको निजगढ लागूऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँबाट प्रत्येक दिन लागूऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ५ : ०७ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज