प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सीमित साधनस्रोत, अधिकार हस्तान्तरण हुन नसक्नाका साथै जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण अपेक्षित काम गर्न नसकिएको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताए।

‘संविधानतः उल्लेखित कतिपय अधिकार प्रदेशमा हस्तान्तरण गर्न ढिलाइ भइरहेको छ। प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान हो’, सन्देशमा भनिएको छ, ‘वित्तीय स्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी काम हुन नसकेको अनुभूति भएको छ।’

सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी गरी दिगो विकासका लक्ष्य प्राप्तिका लागि तीन तहका बीच समन्वय जरुरी रहेकोमा जोड दिएका छन्। लगातार सात दशकको सङ्घर्षबाट नेपाली नागरिकले आफ्नो संविधान लेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको उनको भनाइ छ।

संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै उनीहरूका आवश्यकताको सम्बोधनका लागि हामी प्रयासरत रहनुपर्ने आवश्यकता औँल्याए। नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पुर्‍याउन संविधान दिवसले प्रेरणा दिने मुख्यमन्त्रीले मन्त्रीले विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ०७ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै