संविधान मास्ने शक्ति षयन्त्र गरिरहेका छन् : माधव नेपाल | Khabarhub Khabarhub

संविधान मास्ने शक्ति षयन्त्र गरिरहेका छन् : माधव नेपाल


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्र्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, ‘दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिविरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ ।’

आठौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् । ‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ उनले भनेका छन् ।

४ मंसिरमा तय भएको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेका छन्,’ उनले भनेका छन्, ‘हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्‍भाव र सुझबुझपूर्ण निर्णय हुनेछ ।’

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : २३ बजे

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ