हाम्रै कारण व्यवस्थामाथि प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट « Khabarhub

हाम्रै कारण व्यवस्थामाथि प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार रुपान्तरण हुन नसक्नु रहेको उनको भनाइ छ।संविधान दिवसका अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भए पनि हाम्रो काम गर्ने शैली पुरानै भयो, पुरानै तरिकाले काम गरेर जनताका चाहना पुरा हुने स्थिति देखिएन, काम गर्ने शैली परिवर्तन हुन जरुरी छ ।’

व्यवस्था परिवर्तन भए पनि त्यस अनुसार व्यक्ति र शासन गर्ने शैली परिवर्तन नभएको उनले  भने  ‘हामी पुरानै तरिकाले काम गरिरहेका छौं। पुरानै शैलीमा काम गरेर जन आकांक्षा पुरा हुन सकेनन्, त्यसैले अहिले व्यवस्था माथिनै प्रश्न उठ्न थालेको छ, यस विषयमा सबै गम्भीर बन्नु जरुरी छ ।’

मुख्यमन्त्री भट्टले हजारौँको बलिदानी पछि आएको संविधान कार्यान्वयन गर्न र जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताए।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ११ : १४ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।