‘संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य’ « Khabarhub

‘संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य’


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कर्णाली– प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका हुन् । 

संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका हुन् ।

मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, सार्वभौमसत्ता नेपाली जनतामा निहित छ जनता राज्य शक्तिको स्रोत भएका छन् ।’

संघीय सरकारले आवश्यक कानुन नबनाउँदा संविधानले दिएका कतिपय अधिकार प्रदेश तथा स्थानीय तहले प्रयोग गर्न नपाएको भन्दै उनले तीन तहका सरकारलाई शक्ति र स्रोत बाँडफाँड गरी संघीय प्रणालीलाई संस्थागत गर्न आवश्यक भएको बताएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : ३० बजे

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६