‘संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’ « Khabarhub

‘संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । 

उनले संविधान दिवस-२०७९ का अवसरमा आज जारी  गरेको शुभकामना सन्देशमा आजको यो ऐतिहासिक दिनले हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने अपेक्षासमेत गरेका छन् । मुख्यमन्त्री राईले शुभकामना सन्देशमा नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्था हुनुले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उल्लेख गरेका छन् ।

उनले नेपालको संविधान-२०७२ जारी भएपश्चात् दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएर यतिखेर हामी दोस्रो कार्यकालको निर्वाचनको संघारमा छौँ भन्दै लोकतन्त्रको प्राणवायु मानिने निर्वाचन आवधिकरूपमा सम्पन्न भएर लोकतन्त्र थप मजबुत हुन पुगेको उल्लेख गरेका छन् ।

संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको भन्दै उनले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको विकल्पमा विकेन्द्रीकृत र संघात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो संविधानको महत्वपूर्ण उपलब्धि रहेको सन्देशमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : १६ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च