लुम्बिनी सरकारद्वारा ६१ जना विभूषित « Khabarhub

लुम्बिनी सरकारद्वारा ६१ जना विभूषित


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बुटवल-  लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्‍याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको हो ।

संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतीय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको हो ।

यसैगरी, बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा। राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय प्रदान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितीय नौ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय चार जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।

समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।

प्रजापति गौतम पदक द्वितीयतृतीयलाई एक एक जना, दंगिशरण बलिहाङ पदक द्वितीयाबाट एक जना तथा दंगीशरण बलिहाङ पदक तृतीयबाट चार जना गरी ६१ जनालाई विभूषित गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : २९ बजे

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६