प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले आज जारी गरेका शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले वित्तीय स्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइका कारण प्रदेश तहले चाहेजस्तो काम गर्न नसकेको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताएका हुन्।

सन्देशमा संविधानमा कतिपय अधिकार प्रदेशमा हस्तान्तरणमा ढिलाइ भइरहेको जनाउँदै उनले प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएको उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गरी दिगो विकासका लक्ष्य प्राप्तिका लागि तीन तहबीच समन्वय जरुरी रहेको उनको भनाइ छ। “संविधानसभा संविधान जारी भएको आजको यो दिन नेपाल र नेपालीका लागि ऐतिहासिक हो । लगातार सात दशकको सङ्घर्षबाट नेपाली नागरिकले आफ्नो संविधान लेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको छ”, सन्देशमा भनिएको छ ।

संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज भएको भन्दै उनले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयनसँगै उनीहरूका आवश्यकताको सम्बोधनका लागि प्रयासरत रहनुपर्नेमा जोड दिएका छन्

नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पुर्‍याउनका लागि संविधान दिवस २०७९ प्रेरणा दिने उनको विश्वास छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : ४८ बजे

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री

सुनको मूल्यमा केही गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ

जलजला–सिसाखानी सडक स्तरोन्नति

ढोरपाटन– जलजला–सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ ।  पहिलो

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)

काठमाडौं– काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा