हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता « Khabarhub

 हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता  भएको छ  । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएस संग सम्झौता गरेको  हाे । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ।  

हाम्रो पात्रो भित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको छ। उक्त सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएससंग सम्झौता गरेको हो। जस अनुसार लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ र सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वासका साथ यो सम्झौता गरिएको हो। हाम्रो पात्रो रेमिटको निमित्त सिइओ सुदिना गौतम र एनसीएचएलका सीइओ निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा हाम्रो पात्रो रेमिट सीइओ सुदिना गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनको लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताइन् । तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आइपिएसको माध्यमबाट लाभार्थीको बैंक खातामा केही घण्टा भित्र रकम जम्मा भैसक्नेछ । उनले  भनिन् ‘हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो’।

हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त रेमिटेन्स कम्पनी हो र यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्राइरहेको छ र छिट्टै अन्य देशमा पनि रेमिट्यान्स सुविधा सुरु गर्दैछ। रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ । प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सकिने जनाइएको छ । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ४० बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन