सेती अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पतालमा लैजाऊ « Khabarhub

सेती अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पतालमा लैजाऊ


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेती प्रादेशिक अस्पताल धनगढीले एक सातादेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ ।

गत सोमबार ( २७ भदौ)देखि अनशन बसेका डा. केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको हुनाले थप जटिलता हुन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरणका लागि प्रादेशिक अस्पतालले सुदूरपश्चिम मानवअधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि यसअघि अनशन बस्दा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनको माग राखेर गत २७ भदौदेखि सेती प्रादेशिक अस्पतालमा २०औँ पटक अनशन बसेका हुन् ।

अस्पतालले उनको स्वास्थ्यमा जटिलता आउन सक्ने भन्दै सम्बद्ध निकायलाई जानकारी गराएका बेला नेपाल चिकित्सक संघले पनि डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

आइतबार विज्ञप्ति निकालेर संघले डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ५९ बजे

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६