अमेरिकासँग बन्दी आदान प्रदान गर्न इरान तयार « Khabarhub

अमेरिकासँग बन्दी आदान प्रदान गर्न इरान तयार


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुक अमेरिकासँग बन्दी आदान प्रदान गर्न तयार रहेको जनाएका हुन् ।

इरानी समाचार संस्था इस्नासँगको कुराकानीका क्रममा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्नासँगको कुराकानीका क्रममा उनले भने– ‘हामी अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौँ ।’

उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको समेत जानकारी गराए । यसबाहेक उनले यस विषयमा केही समयअघि अष्ट्रियाको राजधानी भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : २३ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप