अमेरिकासँग बन्दी आदान प्रदान गर्न इरान तयार « Khabarhub

अमेरिकासँग बन्दी आदान प्रदान गर्न इरान तयार


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुक अमेरिकासँग बन्दी आदान प्रदान गर्न तयार रहेको जनाएका हुन् ।

इरानी समाचार संस्था इस्नासँगको कुराकानीका क्रममा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्नासँगको कुराकानीका क्रममा उनले भने– ‘हामी अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौँ ।’

उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको समेत जानकारी गराए । यसबाहेक उनले यस विषयमा केही समयअघि अष्ट्रियाको राजधानी भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : २३ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना