अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका–९ अमिलिया चोकबाट ६ केजी ३६० ग्राम चरेससहित घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने ४० वर्षीया सुशिला गिरीसमेत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

घोराहीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी दाङकै गढवा गाउँपालिका–१ कालाकाटेबाट करिब १४४ ग्राम खैरो हेरोइनसहित कपिलवस्तु ओदारी गाउँपालिका–९ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–१३ तेलिबारी फुलबासा चोकबाट १२ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ४३ वर्षीया भारती राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको गल्छी गाउँपालिका–४ मासटारस्थित प्रतीक्षालयबाट करिब ३५ केजी गाँजासहित गजुरी गाउँपालिका–८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ४० बजे

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र