नाइजेरियाको राजधानीमा ३ सवारी साधन आपसमा ठोक्किए, १९ जनाको मृत्यु « Khabarhub

नाइजेरियाको राजधानीमा ३ सवारी साधन आपसमा ठोक्किए, १९ जनाको मृत्यु


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडकमा तीन सवारी ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १९ जनाको ज्यान गएको र अरु सात जना नराम्ररी घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राजधानी अबुजाको यान्जी ग्वाग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जानकारी दिएका छन् ।

सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र यसका कारण यति धेरै मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

नाइजेरियामा सडक सुरक्षाको बेवास्ता, बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र त्यहाँका सवारी साधनहरुले क्षमताभन्दा बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : १८ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई