सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री पौडेल « Khabarhub

सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री पौडेल


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय परीक्षा बोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए।

“पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन”,उनले भने, “प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।” बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनको भनाइ रहेको छ ।

विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञको सुझाव आवश्यक रहेको औँल्याए ।

विश्वविद्यालयका आङ्गीक क्याम्पस शिक्षा विषयमा रुचि नभएकाले भर्ना हुनेको सङ्ख्यामा कमी आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताए। विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे । “विद्यार्थीले परीक्षा दिएको वर्ष दिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? प्रश्न गर्दै उनले भने, अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौँ सबै समयमा हुन्छ ।”

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : १२ बजे

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी