बेलायती महारानीको अन्त्येष्टि सम्पन्न « Khabarhub

बेलायती महारानीको अन्त्येष्टि सम्पन्न


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सम्पन्न भएको छ । राजधानी लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि कार्यक्रम गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल दरबारमा निधन भएको थियो ।

राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको थियो ।

महारानीको अन्त्येष्टिका लागि विभिन्न देशका प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिलेदेखि नै बेलायत आइपुगेका थिए ।

सन् १९६५ मा विन्स्टन चर्चिलपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो ।

राजकीय अन्त्येष्टिको दिन बेलायत सरकारले औपचारिक रूपमा बिदाको रूपमा घोषणा गरेको छ ।

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्व नेताहरू लण्डन आइपुगेका थिए ।

महारानी एलिजाबेथको निधनमा शोक व्यक्त गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले महारानीको न्यानो मनस्थितिलाई स्मरण गर्दै भने, “उहाँको नरमपन र शिष्टताले विश्वलाई प्रभावित पारेको थियो । उहाँसँग भेट हुँदा उहाँले भन्ने गरेका ‘के तपाईं ठीक हुनुहुन्छ ? म तपाईंको लागि केही गर्न सक्छु ? तपाईंलाई के चाहिएको छ ?’ जस्ता उहाँका शब्दहरूले मलाई मेरी आमाको याद दिलाउँछ ।’

महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका थिए ।

महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरस्थित १७ ब्रुटन स्ट्रिटमा भएको थियो । उनी ड्यूक र डचेस अफ योर्ककी पहिलो सन्तान थिइन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ११ बजे

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने