कर्जा सीमाबारे राष्ट्र बैंकको निर्देशन सच्याउन उद्योग व्यापार महासङ्घको माग « Khabarhub

कर्जा सीमाबारे राष्ट्र बैंकको निर्देशन सच्याउन उद्योग व्यापार महासङ्घको माग


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग व्यापार महासङ्घले चालु पूँजीको कर्जाको सीमा वार्षिक अनुमानित कारोबारका आधारमा तोकिनु र कर्जाको अवधि एक वर्षभन्दा कम हुनुपर्ने राष्ट्र बैंकको निर्देशनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने भन्दै तत्काल सच्याउन माग गरेको छ ।

महासङ्घका महासचिव खिमनारायण पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै कूल पूँजीको कर्जा सीमा र कर्जाको न्यून अवधि तोकिँदा तरलताको अभाव भएको वर्तमान अवस्थामा निकै अव्यावहारिक भएको जनाएका छन् ।

नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालु पूँजी कर्जा मार्ग दर्शन जारी गर्दै क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दुई करोड रुपैयाँभन्दा कम चालु पूँजी कर्जाको सीमा वार्षिक अनुमानित कारोबारको जम्मा २० प्रतिशत मात्र कूल चालु पूँजी कर्जाको सीमा र कर्जाको अवधि एक वर्ष वा सोभन्दा कम तोक्न निर्देशन दिएको थियो । यस्तै दुई करोड रुपैयाँभन्दा बढीका फर्म, संस्था एवम् कम्पनीलाई वार्षिक अनुमानित कारोबारको २५ प्रतिशत मात्र कूल पूँजी कर्जा सीमा र कर्जाको अवधि एक वर्ष तोक्न निर्देशन दिइएको छ ।

आर्थिक मन्दी, नेपालको अर्थतन्त्रमा देखिएको समस्या, आर्थिक तरलताको अभाव भएको बेलामा उक्त व्यवस्थाले निकै अव्यावहारिक मात्र नभई उद्योगी व्यवसायीलाई विस्थापित गर्ने महासङ्घले जनाएको छ ।

ऋणीले त्रैमासिक आन्तरिक लेखा परीक्षणबाट प्रमाणित गराउनुपर्ने व्यवस्था निकै अव्यावहारिक र व्यवसायीलाई कठिन हुने भन्दै महासङ्घले व्यवसायीको चालु पूँजी कर्जामा वर्गीकरण निरन्तर हुनुपर्ने, वार्षिक लेखा परीक्षण र चालु पूँजी कर्जा वार्षिक अनुमानित कारोबारको प्रकृति हेरी ६० देखि ७० प्रतिशत र कम्तीमा पनि दुई वर्षसम्म कायम गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको